युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ

Nepal Cover
८ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने २९ वर्षीय बसन्त कार्की रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए।

उनी नयाँ बानेश्वर काठमाडौँमा रहेको शिक्षा खोज नेपालका सञ्चालकसमेत रहेको र निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।