माबिलुङ इनर्जीको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

Nepal Cover
८ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ। साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ आज बाँडफाँट भएको हो। 

कम्पनीले आफ्नो जारी पूँजी रु ३८,५८,२४,००० को ४८.९९९८१ अर्थात रु १८,९०,५३,००० बराबरको १ सय रुपैयाँ अंकित दरका १८,९०,५३० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन स्वीकृत विवरण मार्फत जारी पूँजीको १० प्रतिशत अर्थात रु ३,८५,८२,४०० को १ सय रुपैयाँ अंकित दरका ३,८५,८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) क्षेत्र अर्थात संखुवासभा जिल्लाको मोदि नगरपालिका वडा नं ५, ६, ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं २, ३, ७, ८, ९ मा स्थायी बसोवास गर्ने नेपाली नागरिकहरुको निमित्त तपसिल बमोजिम धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा रही निष्कासन गरी बिक्री वितरण गरिएको हो ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी सर्वसाधारणलाई रु १५,०४,७०,७०० रकम बराबरको १ सय रुपैयाँ अंकित दरका १५,०४,७०६ कित्ता सेयर मध्ये १,५०,४७१ कित्ता (१० प्रतिशत) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि मिति २०८२ असार २२ गतेदेखि २०८२ श्रावण ०४ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु मध्ये ३८, ५८२ जना आवेदकहरुलाई ३,८५,८२४ कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुबाट रितपुर्वक प्राप्त सेयर खरीद आवेदनहरु मध्ये १५,०४७ जना आवेदकहरुलाई १,५०,४७१ कित्ता सेयर बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम साउन १८ गते आइतबार बाँडफाँड गरिएको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट https://lscapital.com.np/ बाट मात्र हेर्न सकिनेछ भने विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुको शेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिने छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरिएको हकमा संकलन केन्द्रहरुबाट दरखास्त फाराम बुझाएका लगानीकर्ताहरुको बाँडफाँडमा आंशिक नपरेका सेयर वापतको रकम साउन २२ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरुले आफूले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ ।