स्याङजा। स्याङ्जामा बाेलेराे जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाकाे गल्याङ देखि कालिगण्डकी गाउँपालिकाको काेटाकाेट जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बाेलेराे जिप कालिगण्डकी गाउँपालिका ७ मिर्मि आरुचाैरमा दुर्घटना भएको हो ।
जिप सडकबाट झण्डै ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइतेको कालिगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।