काठमाडौँ । आइतबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। आज (सोमबार) सुन तोलामा ३ सय रुपैयाँले घटेर एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा एक लाख ९५ हजार ५०० सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा २ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ३ सयमा ५० रुपैयाँमा कारोबार भएको थियो ।