आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Nepal Cover
१० भाद्र २०८२, मंगलवार
image

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९७ हजार २ सय रहेको थियो । आज तोलामा १५ सयले मूल्य वृद्धि भइ प्रतितोला सुन १ लाख ९८ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य २ हजार ३ सय ५५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।