आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nepal Cover
११ भाद्र २०८२, बुधबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।  आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो ।