सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
१७ भाद्र २०८२, मंगलवार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा  दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो ।