काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । बिहान आठ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।
सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।
प्रतिनिधिसभाले पारित गरेको विधेयकमा विधेयक ऐनमा रूपान्तरण भएको वर्ष ५८ वर्ष, अर्को वर्ष ५९ वर्ष र त्यसपछि ६० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरिएको थियो । अब उक्त प्रावधान राष्ट्रियसभाबाट पनि अनुमोदन भएपछि लागू हुने पक्का भएको छ ।