काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा रु २ हजार पाँच सय रुपैयाँले बढेर रु. २ लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।