सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

Nepal Cover
२२ भाद्र २०८२, आईतवार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन आज तोलाको १६ सयले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो।