सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२३ भाद्र २०८२, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।