विराटनगर । सामाजिक सञ्जाल निष्क्रियको विरोधमा झापाको दमकमा ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बनेपछि सोमबार (भदौ २३) दिउँसो प्रहरीले हवाईफायर गरेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
आन्दोलन उग्र बनेसँगै उनीहरु दमक नगरपालिकामा रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका हुन् ।
सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको थियो । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।