काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । शुक्रबार उच्च मूल्य कायम भएको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रूपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । आईतबारको बजारमा चाँदी दुई हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।