कुकुरको टोकाइबाट १४ जना घाइते

Nepal Cover
२९ भाद्र २०८२, आईतवार
image

जुम्ला । कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाको वडा नं. २, ४, र ५ का १४ जना स्थानीयलाई कुकुरले टोकेपछि घाइते भएका हुन्।

घाइतेको उपचार कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताए । बाटोमा हिडेका स्थानीय लाई कुकुरले टोकेको हो।

घाइते सबैको अवस्था सामान्य रहेको छ। कुकुरबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय जुम्लाले जनाएको छ।