सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा निरन्तरको रेकर्ड ब्रेक

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदी निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भयो, जुन आइतबारको तुलनामा १०० रुपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि निरन्तर उकालो चढ्दै सोमबार तोलामा ५ रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ५७० रुपैयाँमा कारोबार भएको थियो। लगातारको मूल्य वृद्धि बजारमा चाँदीलाई हालसम्मकै उच्च विन्दुमा पुर्‍याएको छ।