काठमाडौं। शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।
विभागले आज सूचना निकाल्दै जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएको सामान फिर्ता गर्न आग्रह गरेको हो ।
भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ।
सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा निकायमा जानकारी गराउनसमेत सूचनामा उल्लेख गरेको छ ।
