देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

Nepal Cover
३० भाद्र २०८२, सोमबार
image

काठमाडौं ।  देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको राप्ती नदी किनारमा लमही नगरपालिका–४ का ५८ वर्षीय ईश्वर चौधरीको शव आइतबार फेला परेको हो।

मोरङको रतुवा खोलामा र झापाको मेची खोलामा अन्दाजी ४० वर्षीय दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्, उनीहरूको परिचय खुलेको छैन।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।