सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
३ आश्विन २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।