सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
६ आश्विन २०८२, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भएको सुन आज रू ७ सयले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रू २ हजार ६५० मा खरिद–बिक्री हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायी महासङ्घले जनाएको छ ।