सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

Nepal Cover
७ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार भने सुनको मूल्य २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

 यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको २ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।