आज यी स्थानमा भारी वर्षाको सम्भावना

Nepal Cover
१४ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ

। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राति कोशी, मधेश र बागमतीमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहनेछ। देशभर मनसुनी र स्थानीय वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ।