सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Nepal Cover
२४ आश्विन २०८२, शुक्रबार
image

काठमाडौँ । पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। 

आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २५ रुपैयाँमा कायम भएको थियो ।