अख्तियारले सेवाग्राही संग घुसखाने प्रहरी प्रमुखलाई मुद्दा हाल्यो

Nepal Cover
२४ आश्विन २०८२, शुक्रबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्री समेतको आपसी मिलेमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सम्पत्ति न्युजलाइ जानकारी दिए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका- ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीले भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोप लागे सगै मुद्दा दायर गरिएको बताइएको छ।
भ्रष्टाचार निवारणका निम्ति र आम नागरिकको तहमा सुशासन प्रत्याभूत गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महत्त्वपूर्ण योगदान मात्रै दिएको छैन, कानुनप्रदत्त अधिकार अनुसार काम गर्ने सन्दर्भमा अख्तियार नेतृत्वले बिगतको नेतृत्व भन्दा फरक ढंगले आयोगलाई सकृय बनाइरहदा बिचौलिया र माफियाको नजरमा भने कसिङ्गर बन्न पुगेको देखिन्छ।
स्वभावतः माफियाको नजरमा खराब देखिनु नै अख्तियारको रफतार सहि ठाउँमा केन्द्रित छ भन्ने कुराको पुष्टि हुन्छ बुद्धिजीवीको प्रतिक्रिया समेत आफैंमा दमदार छ।