काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।
सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपाल र यूएईले सुपर सिक्समा दुई अंक जोडेका छन् । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।
नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ। बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।