विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

Nepal Cover
२९ आश्विन २०८२, बुधबार
image

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति ८स्४५ बजेदेखि सुरु हुनेछ ।

दुवै टिमको समान ६-६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ । नेपाल अहिले समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी-२० विश्वकप खेल्ने अभियानमा छ ।

नेपाल र ओमानबिचको खेलबाट दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ । आइसीसी टी २० वरियतामा नेपाल १७ औँ स्थानमा छ भने ओमान २० औँ स्थानमा रहेको टिम हो । अहिलेसम्म नेपाल र ओमानबीच भएका ७ टी २० मा नेपालले ५ र ओमानले २ खेलमा जित निकालेका छन् ।