काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

Nepal Cover
२१ कार्तिक २०८२, बिहीबार
image

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ ।   महानगरले ४४ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो ।

महानगरले आज एक सूचना जारी गर्दै बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।