आज पनि सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२२ कार्तिक २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ ।