हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

Nepal Cover
२४ कार्तिक २०८२, आईतवार
image

 काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् ।

बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न अरोपमा उनलाई पक्राउ गरेर प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

जेनजी आन्दोलनको क्रममा बम्जन हिरासतबाट भागेका थिए । उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हिरासतमा थिए ।