कारोबारसँगै घट्यो सेयर बजार

Nepal Cover
२५ कार्तिक २०८२, सोमबार
image

काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ ।

कारोबारको सुरुवातीमा ११ : ३७ बजे नेप्से अधिकतम २५७६ सम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार २ : ३१ बजे न्यूनतम २५४४ अंकसम्म झर्‍यो । साढे १ बजेपछि मात्रै बजार केही सम्हालिएको हो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो । ९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी सबै कम्पनीहरु हालै मात्र नेप्सेमा सूचीकृत कम्पनीहरु हुन्। त्यस्तै, यस दिन सिटि होटलको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४८ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ भने १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको ऋणपत्र किनबेच भएको छ।