सिन्धुपाल्चोक । इन्टरनेशनल फाउन्डेसन फर एजुकेसन एण्ड इन्टरप्रेनरशिप (iffee)काे आर्थिक सहयोग रहेको र टर्नकी डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक विदुर तिमिलसिन्हा सहितको समूहले प्राबिधिक सहयोग गरेको सिन्धुपाल्चोक जिल्लाको बिकट स्थानमा रहेको मेलम्ची घ्याङ सामुदायिक बिद्यालयमा भबन बनाएर हस्तान्तरण गरेको छ। उल्लेखित सस्थाले शिक्षा, खानेपानी र स्वास्थ्यको क्षेत्रमा देशभर काम गर्दै आएको बताइएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बिकट क्षेत्र हेलम्बु घ्याङ सामुदायिक बिद्यालयमा बिगत ३० वर्ष देखी सहयोग गर्दै आइरहेको र यसपटक छात्रा बस्ने होस्टल निर्माणकार्यमा सहयोग गरेर स्विजरल्याण्डका नागरिक इन्टरनेसनल फाउन्डेसन फर एजुकेसन एण्ड इन्टरप्रेनरशिपका प्रेसिडेन्ट कृष्टोफ डर्मुलरले बिधालय ब्यबस्थापन समितिका अध्यक्ष पासाङ तेम्बा लामालाई भबन हस्तान्तरण गर्नुभएको हो।
चार सय विद्यार्थी अध्ययनरत सो सामुदायिक बिद्यालय संचालन गर्न कठिन परेकाको आर्थिक अवस्था कम्जोर भएका बर्गलाई मध्यनजर राख्दै, समेटदै आएको यो अभियान प्रभाबकारी बने संगै हाल विभिन्न स्थानबाट पढन आउने विद्यार्थीको चाप बढेको बिद्यालयका निवर्तमान प्रधानाध्यापक पुर्ण बहादुर गौतमले बताए।
सामुदायिक बिद्यालय भएपनी गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकाले परिक्षामा यहाँ अध्ययनरत विद्यार्थीले जिल्लाभर पहिलो स्थान हासिल गर्ने गरेको बताइएको छ।
इन्टरनेशनल फाउन्डेशन फर एजुकेशन एण्ड इन्टरप्रेनरशिप (iffee) को आर्थिक सहयोग र टर्नकी डेभलपमेन्ट ग्रुप (TKD) को प्राविधिक सहयोगमा मेलम्ची घ्याङ माध्यमिक विद्यालयको छात्रावास भवन सेप्टेम्बर २०२५ मा सम्पन्न भए सगै यस छात्रावासमा १३६ जना छात्रा बस्न सक्ने सुविधा रहेको सो भबनमा हस्तान्तरण सगै छात्रा बस्न सुरु गरिसकेका छ्न्।
२०२५ नोभेम्बर ७ मा iffee ले छात्रावासलाई हेलम्बु गाउँपालिका र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । फर्निचर सहितको छात्रावासको कुल लागत ४ करोड २२ लाख रुपैयाँ रहेको निर्देशक थापाले सम्पत्ति न्युज लाई बताए।
विद्यालय र गाउँपालिका दुवै यस छात्रावासलाई दिगो रूपमा सञ्चालन गर्न प्रतिबद्धरहेको गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छ्न्।
स्थानीय अभिभावक देखी नागरिक समाजका अगुवाको विशेष उपस्तिथि रहेको कार्यक्रममा प्रमुख अतिथि समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट रहनुभएको सस्थाका कार्यकारी निर्देशक बिदुर तिमल्सिनाले जानकारी गराउनुभएको छ। त्यसैगरी कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा क्रिष्टोफ डुर्मुलर iffee- फाउन्डेसन बोर्डका संस्थापक र अध्यक्ष रहनुभएको थियो।
त्यस्तै भबन हस्तान्तरण कार्यक्रममा साचो हस्तान्तरण गर्दै मार्टिना डुर्मुलर iffee- फाउन्डेसन बोर्डका संस्थापक उपाध्यक्षले हामिले गरेको सहयोग सहि स्थानमा परेको भन्दै खुसी व्यक्त गरेकी थिइन।
त्यस्तै कार्यक्रममा पिटर एप्पलर iffee- नेपाल देशका निर्देशक समेतको उपस्तिथि रहेको त्यस आकर्षक कार्यक्रममा
ठाकुर थापा iffee- नेपाल प्रतिनिधि समेतको बिशेश उपस्थिति रहेको ब्यबस्थापन समितिका वरिष्ठ सदस्य काल्साङ दोर्जे शेर्पा (ह्रोल्मो)ले जानकारी दिएका छ्न्।
कार्यक्रममा विदुर तिमल्सेना टर्नकी डेभलपमेन्ट ग्रुप (TKD)- कार्यकारी निर्देशक, जीवन जोशी टर्नकी डेभलपमेन्ट ग्रुप (TKD)- कार्यक्रम प्रबन्धकको उपस्थिति रहेको सो भबन हस्तान्तरण कार्यक्रममा निर्माण व्यावसायिका तर्फबाट कमल दोङ न्यूटेक इन्जिनियरिङको समेत सहभागिता रहेको बताइएको छ।
त्यस्तै प्रमुख अतिथि मनोज भट्ट समाज कल्याण परिषद सदस्य सचिव नेपाल पत्रकार महासघ केन्द्रिय समितिका निवर्तमान सचिब गोविन्द प्रसादचौलागाई , प्राध्यापक शिक्षाबिद डाक्टर विद्यानाथ कोईराला त्यस्तै निमा ग्याल्जेन शेर्पा हेलम्वु गा.पा. अध्यक्ष ,पासाङ तेम्वा लामा विद्यालय व्यवस्थापन अध्यक्ष, श्री मेलम्ची घ्याङ माध्यमिक विद्यालयका टिका लिम्वु प्रधानाध्यापक र विद्यालयका निवर्तमान प्रधानाध्यापक पुर्ण वहादुर गौतम सहित मेलम्ची घ्याङ माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका पदाधिकारीहरूको उपस्तिथिमा भबन हस्तान्तरण कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा विद्यार्थीलाई शिक्षाबिद सहितका अतिथिहरुलाइ प्रश्नउतर राख्ने र जिज्ञासा मेटन सकिने गरि वातावरण बनाइएको समितिका वरिष्ठ सदस्य शेर्पाले सम्पत्ति न्युज लाई जानकारी गराए।
बिगत लामो समय देखी स्विजरल्याड बाट यो बिद्यालयमा हुँदै आएको आर्थिक सहयोगलाई दुई वर्ष देखि पुन: अर्को सस्था मार्फत निरन्तरता दिदै टर्नकी डेभलपमेन्ट सस्था मातहत प्राबिधिक सहयोग हुँदै आएको बताइएको छ।
त्यसैगरी कार्यक्रम सदस्य सचिब भट्ट र आइएफएफइइ प्रेसिडेन्ट कृष्टोफले बिरुवा रोपेर उदघाटन गरेका थिए। जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै बृक्ष रोपिएको हो।


