बढ्यो पेट्रोल-डिजेलको मूल्य, कति पुग्यो ?

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमले शनिवार एक विज्ञप्ति जारी गरी आजै राति १२ बजेबाट लागू हुने जनाएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्य सूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा छ ।