नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ८९ करोडको कारोबार

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०दशमलव३१ अंकले बढेर २५४४दशमलव९१ विन्दुमा उक्लिएको नेप्से परिसूचक आइतबार ५दशमलव१५ अंकले घटेर २५४०दशमलव५७ अंकमा झरेको छ ।

नेप्सेमा सामान्य अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सर्वाधिक १० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन रु रु जलविद्युत परियोजनाको शेयरमूल्य साढे ९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ९० लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २१ करोड रुपैयाँ नाघटेको छ भने माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ।