सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
३ मंसिर २०८२, मंगलवार
image

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।