नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो

Nepal Cover
३ मंसिर २०८२, मंगलवार
image

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ ।

सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचक बढेका छन् ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।