घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज किनबेच?

Nepal Cover
६ मंसिर २०८२, शुक्रबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४३ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले  घटेर प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा तीन हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।