काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रबिन्द्र बोहराले आफ्नो लक्ष्य पूरा गराउने सन्दर्भमा एक्सनका साथ अगाडि बढने देखिएको छ।
बर्षौ सम्म काम नगर्ने ठेकेदार कम्पनीको लापरबाही तथा विभिन्न ४२ वटा रुग्ण योजनाको ठेक्का तोड्न प्रक्रियाको एक्सनको रुपमा आफनो महानिर्देशकको पद बहाली सगै अगाडि बढेको पाइन्छ।
सम्पत्ति न्युज लाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ३७ वटा योजनाको ठेक्का तोड्न विभागअन्तर्गत विभिन्न आठ आयोजना कार्यालयहरूले सार्वजनिक सूचना सार्वजनिक गरिसकेका छन् ।त्यस्तै बिभागको कामको रफतार रेलको गतिमा अघि बढिसकेको बताइएको छ।
प्राप्त जानकारी अनुसार कास्की, धादिङ, कैलाली,चितवन , रामेछाप आयोजना कार्यालयले एकरएक पटक र रुपन्देही आयोजना कार्यालयले दुई पटक सार्वजनिक सूचना प्रकाशित भैसकेको देखिन्छ ।
नियम अनुसार रुग्न ठेक्का तोड्नका लागि सुरुमा ‘किन ठेक्का नतोड्ने’ भनी सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने प्राबधान अनुसार त्यसको १५ दिनभित्र ठेकेदारले स्पष्टीकरण दिनुपर्ने व्यवस्था कानुनमा भए बमोजिम । त्यसपछि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ्छ । त्यसै अनुसारको काम बिभागले प्रक्रिया अगाडि बढाएको हो।
विभाग मातहतको मोरङ आयोजना कार्यालय, विशेष भवन आयोजना तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले भने सुविस्ताको आधारमा रग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाएका छन् । ठेकेदार कम्पनी र सरकार दुबै पक्षले आपसी समझदारीको आधारमा तोड्ने ठेक्कालाई सुविस्ताको आधारमा ठेक्का तोड्ने प्रचलन गर्दा ठेकदारलाइ काम गर्न बाध्यकारी नबनाउने जानकारको भनाइ छ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइले सिंहदरबारस्थित रेडियो नेपालको भवनको ठेक्का सुविस्ताको आधार मै तोड्न लागेको हो । त्यसैगरी केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको हिरण्य वर्ण महाविहार ललितपुरको भवन, विशेष भवन आयोजनाले ठेक्का लगाएको मन्त्री क्वाटर कम्पाउन्डको ठेक्का पनि तोड्न प्रक्रिया अघि बढाइएको बिभागले जनाएको छ ।
यसैगरी केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको पुल्चोकस्थित पुरानो मन्त्री क्वाटरको तीन वटा ब्लक भवनको ठेक्का पनि तोड्नका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।
यसैगरी केन्द्रीय कारागार सुन्धारको भवन, पूर्वी रुकुमको सभाहल, ठूला शहरी कोरिडोर पूर्वाधार विकास कार्यालय घोराही, लमही र तुलसीपुरको भवन, पोखरास्थित प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ ।
त्यस्तै भवन विभागले काभ्रेको बनेपास्थित पुन्यमाता कोरिडोरको भवनको पनि ठेक्का तोड्न प्रक्रिया अघि बढाएको बताइएको छ ।
रुग्ण ठेक्का तोड्न विभागले प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले ठेक्का लिने तर लामो समयसम्म काम नगर्ने, लापरबाही गर्ने, काम नगरे पनि पटक–पटक म्याद थप गर्ने, बिना तयारी योजना राख्ने लगायतका प्रवित्ति अन्य हुने भएकाले एकाथरि खुशी भएका छ्न भने एकाथरी कामचोर प्रवृत्तिबाट रमाइरहेका भने दुखित भएको पनि देखिन्छ।
भर्खरै नियुक्त हुनुभएका महानिर्देशक बोहराले सम्पत्ति न्युज सगको भेटमा भने,‘विभिन्न कारणबाट लामो समयदेखि निर्माण हुन नसकेका रुग्ण आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेका छौं । यसबाट निर्माण व्यवसायीले काम लिने तर समयमा काम नगर्ने प्रवृत्ति अन्त्य हुने छ भन्ने सकारात्मक सन्देश दिन्छ भन्दै ‘रुग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाउँदा काम गराउन आयोजनाका कर्मचारी साथीहरूलाई पनि अब काम नगर्नेहरुको गुन्जायस छैन भन्ने सोचाइको बिकास गराउनुको साथै काम गर्न सकिन्छ भन्ने ऊर्जा आउँछ र नागरिक तहमा जनबिश्वास बढछ।
यसअघि पनि सडक सिचाइ विभागले दर्जनौं ठाउँमा रुग्ण ठेक्का तोड्न प्रक्रिया अघि बढाइसकेको छ । भवन विभाग स्रोतका अनुसार शहरी विकासमन्त्री कुलमान घिसिङको निर्देशन अनुसार नै भवन विभागले रुग्ण ठेक्का तोड्न प्रक्रिया सुरु गरि अगाडि बढेको हो।
विभागमा हालै मात्र नेतृत्व फेरिएको छ । विभागको महानिर्देशका केही दिनअघि पदभार ग्रहण गरेका महानिर्देशक बोहराले अब आफू सबैको सहयोगका साथ कामको लय मिलाएर अघि बढ्ने बताएका छ्न । विभागले अहिले देशभरी रहेका विभिन्न योजना कार्यालयहरूलाई रुग्न ठेक्काको विषयमा विवरण तयार गर्न तथा काम भइरहेका योजनाहरूको तत्काल काम पूरा गर्न निर्देशन गरेको बताइएको छ।महानिर्देशक बोहराको पद बहाली सगै बिभागका सुधार चाहानेहरुले खुशी व्यक्त गर्न थालेका मात्रै छैन महानिर्देशक लाई जस्तोसुकै चुनौती आएपनी हातमा हात काधमा काध मिलाउन जुटिरहेको बिभागका एक कर्मचारीले सम्पत्ति न्युजलाइ बताए।