नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला प्रति १९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ३ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।