काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन्। उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
थापाले लेखेका छन्, ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ।’
सोही कारण आफूहरूले निर्वाचनअगाडि नै महाधिवेशनको कुरा उठाइरहेको उनको भनाइ छ। थापाले लेखेका छन्, ‘अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् ।