घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौँ । मंसिर ११ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।आज सुनचाँदीको मुल्य कति पुग्यो ?