एनपिएल : लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

Nepal Cover
१२ मंसिर २०८२, बिहीबार
image

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै दिलीप नाथले ३१ रन जोडे । ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३/३ तथा हेम्नत धामीले २ विकेट लिए । हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौँ स्थानमा छ ।

आजका लागि दुई खेल निर्धारण गरिएको छ । पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भइरहेको छ भने आज अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।