काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । यस कम्पनीको २७ करोड १० लाख ३ हजार १ सय ८० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सागर डिष्टिलरीको शेयर निरन्तर १७ औँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सका शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८–८९ को मूल्य यस दिन सर्वाधिक ९.५१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे १५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।