काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से परिसूचक २६४४.७० मा कायम भएको छ ।
कारोबारका क्रममा दिउँसो १२ : ५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि उच्चतम रह्यो । अघिल्लो दिन नेप्से ४ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडमा खुम्चियो ।
कुल १२५ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने १३ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रीन भेन्चर्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.८५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।