राप्रपाले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

Nepal Cover
२० मंसिर २०८२, शुक्रबार
image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक ज्ञानेन्द्रबहादुर शाहीले राजसंस्था,राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय समझदारीका लागि दबाब दिन मंसिर २३ गते प्रदर्शन गर्न लागिएको जानकारी गराए।

उनले संवैधानिक राजसंस्था,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री,प्रदेश संरचना खारेज,संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द,स्थानीय तह गैरदलीय,भ्रष्टाचारीलाई आजीवन काराबास र जेनजी आन्दोलनका हत्यारालाई पक्राउको माग गरे।

उनले देशमा नयाँ नेतृत्वसँगै र संविधान पनि संशोधन हुनुपर्नेमा जोड दिए। प्रदर्शनको आयोजक राप्रपा भएपनि एकजुट भएर सबैजना उपस्थित हुन आग्रह गरे।