काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ८:२८ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।