सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
२३ मंसिर २०८२, सोमबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो ।

सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।