काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो।
लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन्। १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विस्फोटमा तीनजनाको ज्यान गएको थियो। सो मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा छुटेका थिए।
छुटेपछि पनि फेरि उनीविरुद्ध पाँचथरमा मुद्दा दर्ता भएको थियो। जुन मुद्दामा उनी फरार देखिएपछि सिआइबीले पक्राउ गरेको हो।
उनी धरानका मेयर हर्क साम्पाङले हालै गठन गरेको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष बनेका थिए। उनी धनकुटाको पार्खिवास–९ का स्थायी बासिन्दा हुन्।
