काठमाडौ । नेपाल नागरिक उडयन प्राधिकरण बिभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदीप अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरे सगै प्राधिकरण भित्र ठुलै हलचल मच्चिएको छ।
तत्कालीन महानिर्देशक अधिकारीको नजिक रहेर बिचौलियाको काम गर्ने उच्च तहका कर्मचारीहरू अझै अख्तियारको नगरानी मै रहेको समाचार श्रोतले बताएको छ। हवाई जस्तो संबेदनसिल क्षेत्रलाई हल्का ढंगले लिएर अरबौ भ्रष्टाचार गर्ने गिरोहका नाइके अधिकारी पक्राउ त परे उनको पक्राउ सगै मन्त्रालयका सहसचिव मुकेश डङ्गोललाई निमित्त हैसियतले काम गर्ने गरि मन्त्रालयले जिम्मेवारी दिएपनी त्यो जिम्मेवारी प्रभाबकारी बन्न नसकेको बताइन्छ ।बिभागमा आफुलाइ दोस्रो सिनियर भन्ने प्रताबबाबु तिवारी पनि अभियोगमा जोडिए पछि तेस्रो सिनियर प्रेमनाथ ठाकुर भने बदलिँदो परिस्थितिमा नयाँ ढंगले बिभागलाई ड्राइभ गर्ने उपयुक्त ब्यक्ति हुन सक्ने तर्फ सबैको ध्यानाकर्षण हुनुपर्छ भन्ने धारणा युनियनका एक पदाधिकारीले सम्पत्ति न्युजलाई बताए।
विभिन्न जालझेलले उपमहानिर्देशक ठाकुरलाई पनि बिबादास्पद बनाउन खेजेपनी उनी माथी कुनै दोष नभेटेपछि बिभागमा ठाकुरको पल्लाभारी देखिएको युनियनका अर्का एकनेताले सम्पत्ति न्युजलाई बताए।
समाचार श्रोतका अनुसार चौधौं सिनियरमा रहेका हंसराज पाण्डे भने बिभाग हाक्न त्यति जागर नदेखाएका कारण पाँचौ नम्बरका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण भने म त नयाँ मन्त्रीको मान्छे अब म पो बन्ने हो भन्दै जुनियर कर्ण जुँघामा ताउ लाएर बसेको बताइन्छ। प्राप्त जानकारी अनुसार पाचौं नम्बरमा रहेका उपमाहानिदेशक कर्ण लाई अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारीका रूपमा दर्ज भएकाले अख्तियारमा परेको उजुरीका फाइल कार्वाहीको अन्तिम अन्तिम चरण पुगेको कारण उनले बिभाग हाक्ने इच्छा नराख्दा हुने मात्रै होइन मन्त्रीले समेत यस्ता बिबादास्पद ब्यक्ति नच्याप्दा नै मन्त्रीको हाइट बढने बिभाग नियाल्नेहरुको धारणा सुन्न सकिन्छ। जेन्जीको आन्दोलन र जनआक्रोश नै भ्रष्टाचारलाई मुख्य एजेन्डा बनाइएका मुलकारणले पनि अख्तियारमा अकुतका मुद्दा झेलेका कर्ण पछिल्ला दिनमा कम्जोर बन्न पुगेको बताइन्छ।
समाचार श्रोत अनुसार नागरिक उडयन प्राधिकरण बिभाग भित्र रहेर अकुत कमाउने कर्मचारीमध्ये कर्ण निकै अग्र पंक्तिमा नै देखिन्छन्।
पर्यटन मन्त्री अनिल सिन्हा मन्त्री सगको सामिप्याताको नाम बेच्दै पुरानो उठबसले आफू जसरी पनि महानिर्देशक बन्ने लाइनमा अगाडि बढेका कर्णले आफुले नयाँ मन्त्रीलाई लगानी गरेर भएपनी महानिर्देशक बन्ने भन्दै आफू निकटका कर्मचारीलाई हिजोआज बाक्लो परामर्शमा केन्द्रित भएको समाचारले इमान्दार मन्त्री सिन्हा बदनाम हुन सक्ने देखिन्छ।
लामो समय अदालतमा बसेर न्याय सम्पादनमा अब्बल मानिएका मन्त्री सिन्हाको कर्णको पक्षमा दबाब नभएको मन्त्रालय श्रोत बाट बुझिन आएको छ।
समाचार श्रोतका अनुसार साझ बिहानको बसाईमा कर्णले अख्तियारमा समेत मन्त्री सिन्हाले भर्खरै सेवा सकिएका आयुक्त किसोर सिलवाललाई भनसुन गरेर प्रदिप अधिकारीलाई कार्वाही गर्न मद्दत गरेका कारण मेरो असाध्यै अनुकुल रहेको छ भन्दै हिडने उपमहानिर्देशक कर्णले निवर्तमान महानिर्देशकका हरेक काममा सघाएर लिएको अकुत रकम संकलन गरेको बुझे सगै छानबिन गर्न अख्तियार अगाडि बढी सकेको सन्दर्भमा मन्त्रीले बिबादास्पद ब्यक्ति बोक्नुभन्दा कार्य क्षमताको आधारमा महानिर्देशकको जिम्मेवारी दिन ढिलाइ गर्न नहुने प्राधिकरण श्रोत बताउछ।
कर्मचारी युनियन देखी निजि क्षेत्रका सबै सग चिडिएका कर्णको अस्वभाविक दौडधुपले सिङ्गो हवाई क्षेत्र नै जोखिममा नपरोस् भन्दै नागरिक समाजले सबैलाई अनुरोध मात्रै गरेको छैन, अख्तियारले नै पक्राउ गरेर महानिर्देशक अधिकारीलाई नियन्त्रणमा लिएर निलम्बन गरेर मुद्दाको प्रक्रिया पछि रिक्त स्थानमा पुन अख्तियार मै अकुतको मुद्दा खेपेका कर्ण नै आउछ्न र मन्त्रीले त्यस्तालाई नै च्याप्ने हो भने परिवर्तन खोजिएको अवस्थामा आमानागरिक सामु कस्तो सन्देश जाला सवाल थप पेचिलो बन्ने सन्दर्भमा सबै पक्ष सचेत बन्नुपर्ने बताइएको छ।
हवाई क्षेत्र आफैंमा संबेदनसिल
उच्च हिमाल, पहाड जस्ता जटिल भू बनौटले सडक यातायात समेत अपेक्षित रूपमा विकास हुन नसकी यसबाट समेत जनताहरू लाभान्वित हुन सकिरहेका छैनन्।सुगम यातायातबाट बञ्चित क्षेत्रका जनताका लागि न्यूनतम आधारभूत आवश्यकताहरू खाद्यान्न, औषधि ओसार पसार गर्न र आवागमनको निम्ति हवाई यातायातको आफैमा बढी महत्त्व रहन गएको छ। एक स्थानबाट अर्को स्थानमा छिटो पहुच हुने, खोज तथा उद्धार, दैवी विपत्ती एव व्यापारिक प्रयोजनका साथै यात्राहरूको श्रङ्खलामा हवाईयात्रा सुरक्षित, आरामदायी, छिटो र रोमाञ्चक यात्रा भएबाट यसको महत्त्व अझैबढी भएको देखिन्छ। प्राकृतिक सौन्दर्य, पुरातात्विक महत्त्व, जैविक विविधता, अनुपम दृष्यावलोकन, साहसिक पर्यटन क्षेत्रको विकास मार्फत राष्ट्रिय अर्थतन्त्र अभिबृद्धि गर्न समेत यसको विशेष भूमिका रहन्छ।यस्तो महत्त्वपूर्ण क्षेत्रको नेतृत्वदायी भुमिकामा ल्याउने ब्याक्तित्वका बारेमा धेरैपटक सोचेर ल्याउनुपर्ने देखिन्छ।
ॠषिलाल कर्णबाट