काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले बुधबार आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री घिसिङले विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालेको बताएका छन्। उनका अनुसार वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरिएको छ। यसमा १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित सडक विभागअन्तर्गत ४० वटा र जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत २२ वटा ठेक्का रहेका छन्।
मन्त्री घिसिङले १०० दिनको अवधिमा १०१ वटा प्रमुख कार्य सम्पन्न गरेको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
हेर्नुहोस् सय दिनको अवधिमा कुलमान नेतृत्व तीनवटै मन्त्रालयमार्फत सम्पादन गरिएका १०१ प्रमुख कार्यहरू: