गृह सचिब दंगाल द्वारा पशुपतिनाथमा बृक्ष रोपण

Nepal Cover
१० पुष २०८२, बिहीबार
image

काठमाडौ । जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रममा जोडिएर आज परेको जन्मदिनमा पशुपतिनाथको भण्डारखालमा रुद्राक्षको बृक्ष रोपेर जन्मदिन मनाउने समाजसेवी प्रमोद चौधरीलाई तराई बिकास तथा संचार केन्द्र नेपालले जन्मोत्सवको भब्य शुभकामना दिदै बृक्ष रोपण कार्यक्रम सम्पन्न गरेको छ। आजको सत्कर्ममा जोडियौ कार्यक्रममा नेपाल सरकारका गृह सचिब आदरणीय रामेश्वर दंगाल ज्युको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस पबित्र स्थानमा गृह सचिब दंगालले कपुरको बृक्ष रोपेर अभियानलाई एक्यवद्धता जनाउदै आज जन्मदिन पर्ने चौधरीलाई जन्मोत्सवको शुभकामना दिनुभएको थियो।

पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै गृहसचिब दंगालले सत्कर्मको काम स्वयं आफै बाट थालनी गर्नुपर्ने बताउदै यस्ता अभियान देशैभर चल्नुपर्छ भन्दै सबैलाई जोडिन आग्रह गर्नुभएको छ। कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक गोबिन्दप्रसाद चौलागाईंले सहभागी सबैलाई धन्यवाद दिदै आज जन्मदिन परेका सत्कर्ममा जोडिएका समाजसेवी चौधरी सहित सबैलाई शुभकामना दिनुभएको थियो।कार्यक्रममा राष्ट्रिय चर्चित गायक थानेश्वर गौतम ,नवीन कार्की गितकार प्रभा बर्तौला,नेपाल समाचारपत्रका प्रधान सम्पादक सागर पण्डित ,प्रभाव दैनिकका सम्पादक / प्रकाशक कृष्ण कार्की वरिष्ठ समाजसेवी लक्ष्मिनारायण चौधरी राष्ट्रसेवक कर्मचारी सिन्धुपाल्चोक जिल्लाका यो अभियानका जिल्ला संयोजक नेत्रबहादुर बस्नेत ,जेनजी युवा प्रतिनिधि लगायतका उच्च ब्याक्तित्वको बाक्लो उपस्थिति रहेको कार्यक्रम बीच गायक थानेश्वर गौतमले आफ्नो गायन प्रस्तुत गर्दै आजको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रम लाई थप रोचक बनाउनु भएको थियो।
आजको जन्मोत्सवको कार्यक्रममा सत्कर्ममा जोडिएर एक पीडित विद्यार्थीलाई ३० हजार सहयोग गर्ने र रौतहटका सितलहर पीडितलाई कम्तीमा १०० थान कम्बल बितरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने समाजसेवी लक्ष्मिनारायण चौधरीलाई राष्ट्रिय संयोजक चौलागाईंले धन्यवाद दिई सहभागी सबैलाई जानकारी गराउनुभएको थियो।
रौतहटबाट नै पहिलोपटक अभियानको रूपमा सुरुवात यो अभियानलाई एक्यवद्धता जनाउदै काठमाडौ बस्ने रौतहट वासी समाजसेवी चौधरीले आज आफनो जन्मोत्सव पशुपतिनाथको भण्डारखाल क्षेत्रमा मनाएर कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरुले बताए ।