काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो ।
त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।